खेदकुद मन्त्री अथकले गरे कोहलपुरको पिपिरबाट मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

खेदकुद मन्त्री अथकले गरे कोहलपुरको पिपिरबाट मतदान



कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन ।

मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वकालागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान
गर्न समेत आग्रह गरेका छन ।

बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०८:२८