प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०७:४३