मतदाता परिचय पत्र छैन ? पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएरसमेत मतदान गर्न पाइन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

मतदाता परिचय पत्र छैन ? पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएरसमेत मतदान गर्न पाइन्छ



काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाटसमेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो ।

यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ ।

प्रकाशित : ३ मंसिर २०७९, शनिबार २२:२१