काठमाडौं। काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि लक्षित गर्दै मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाउने भएको छ। कार्यालयले सूचना जारी गर्दै आगामी मङ्सिर १ गते राति १२बजेदेखि मतदान नसकिने बेला सम्मलाई रोक लगाउने भएको हो।
यदि कसैले उक्त निर्देशन पालना नगरे कानुन बमोजिम कारवाही हुने पनि जनाएको छ।
Comment