काठमाडौं । सर्वोच्च अदालतले ५०० रुपैयाँ लिएर नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण देखाउने बाटो खुलेको छ । आज न्यायधीशद्वय प्रकाश कुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशले यस अघि दिइएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।
कार्तिक २२ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप देखाउँन नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न मिडिया हबको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
आज दुवै पक्ष बीच छलफल भएपछि न्यायधीशद्वय प्रकाश कुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशले उक्त अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाउने फैसला गरेको हो । यस सँगै अब मिडिया हबलाई दर्शकसँग अतिरिक्त ५०० रुपैयाँ लिएर विश्वकपको प्रत्यक्ष प्रसारण देखाउने बाटो खुलेको छ ।
Comment