चुनावसम्म आन्दोलनका कार्यक्रम स्थगित गर्ने महासंघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

चुनावसम्म आन्दोलनका कार्यक्रम स्थगित गर्ने महासंघको निर्णय



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकसंग माग गरेको छ ।

महासंघले बुधबार विज्ञप्ती जारी गर्दै बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र कार्तिकबाट केन्द्रिय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको जनाएको छ ।

तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गरेको छ ।

तर, मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको भन्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघले सबै प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । साथै,निर्वाचन सफल पार्न आ–आप्mनो क्षेत्रबाट सहयोग पु¥याउन पनि महासंघ आग्रह गरेको छ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसंग सम्वादमा रहिरहने पनि जानकारी दिएको छ । यसबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुने महासंघले विश्वस्त व्यक्त गरेको छ । निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार २०:२७