नेप्सेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२ का इकाइहरु सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२ का इकाइहरु सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का इकाइ सूचीकृत भएको छ। नेप्से र एनएमबि क्यापिटलबीच बुधबार भएको सम्झौता अनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड २१ लाख इकाई म्युचुअल फन्ड सूचीकृत भएको हो ।

सूचीकृत म्युचुअल फन्डका इकाई दोस्रो बजारमा एनएसआइएफ–२ को नामबाट बिहीबारदेखि कारोबार हुनेछ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड –२ एनएमबि क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गत संचालित योजना हो । क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म उक्त म्युचुअल फन्ड योजनाको १२ करोड इकाई बिक्री खुला गरेको थियो ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार १४:२१