काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नाबालिग बलात्कार आरोपमा पक्राउ परेका लामिठानेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जबर्जस्ती करणीको मुद्दामा गत मंगलबारदेखि थुनछेक बहस चलेको थियो । लामिछानेविरुद्ध नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ ।
प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।
Comment