सेयरमा लगानी गर्दै हुनुहुन्छ ? यस्ता कुरा ध्यान दिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

सेयरमा लगानी गर्दै हुनुहुन्छ ? यस्ता कुरा ध्यान दिनुस्



–प्रत्येक दिन बजार मूल्यको सूचना लिने ।
–प्रत्येक दिन अनलाईन, पत्रपत्रिकाहरु पढ्ने अर्थात् संचारमाध्यमका समाचारहरुलाई गहनरुपमा अध्ययन गर्ने ।
– कम्पनीहरुले जारी गर्ने नयाँ सूचनाहरु जस्तै त्रैमासिक वित्तिय विवरणहरु, लाभाँस वितरण, हकप्रद सेयर निष्कासन, साधारणसभा, विशेष साधारणसभा बारे चनाखो बन्ने ।
– कम्पनीको साधारणसभामा जानुभन्दा अगाडि त्यस कम्पनीले प्रकाशन गर्ने वार्षिक प्रतिवेदन राम्ररी पढ्ने ।
– नियमितरुपमा ब्रोकरहरुसँग सम्पर्क गरि बजारको बारेमा जानकारी लिईराख्ने ।
– वार्षिक साधारणसभा बस्ने मिति, स्थान, समय तथा साधारणसभामा प्रस्तुत गरिने विषय, भावी रणनीति, लाभांशसम्बन्धी प्रस्ताव लगायत विषयलाई बुझेर साधारणसभामा अनिवार्य भाग लिने । आफुलाई चित्त नबुझेका कुराहरु साधारण सभामा पेश गर्ने ।
– लाभाँश वितरण सुरु हुने मितिलाई ख्याल गर्दै आफ्नो शेयर प्रमाणपत्र लिएर लाभाँस लिन जाने । आफु जान नसक्ने भएमा विश्वासिलो पात्रलाई मञ्जुरीनामा दिएर पठाउने ।
– आफुले लिएको सेयरको मूल्य घट्ने सम्भावना देखिएमा त्यसलाई बिक्री गर्ने, बढ्ने सम्भावना देखिएका सेयरलाई खरिद गर्ने । आफुले विश्लेषण गर्न जानिएन भने ब्रोकर एवं मध्यस्तकर्ताहरुको सहायता लिने ।

प्रकाशित : १ असार २०७४, बिहीबार ०४:३९