७.३२ अंकले बढ्याे नेप्से, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

७.३२ अंकले बढ्याे नेप्से, कारोबार रकममा पनि सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार पनि उकालो लागेको छ । आज नेप्से ७.३२ अंकले बढेर एक हजार ९ सय ३८ दशमलब २३ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

त्यस्तै, आज शेयर बजार बढेसंगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका २२७ कम्पनीमध्ये १२४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि आज दुई कम्पनीको शेयरमुल्यमा उच्च अंकले बृद्धि भएको छ । जसमा कर्णाली डेभलपमेन्ट बैंक र कर्पाेरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी दुईको शेयर ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज माहुली लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिबम् सिमेन्टको भएको छ । यसको आज ७ करोड ८५ लाख ६० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १५:२१