काठमाडौ । नेकपा एमालले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।
नेकपा एमालेले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिइने जनाएको छ ।
आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र १ खर्बको पुर्याउने र जिडिपीको आकार १०० खर्ब पुर्याउने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । साथै, यस अवधिमा कृषिको व्यवसायीकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने जनाएको छ । यस्तै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बार्षिक २५ लाख पुर्याइने उल्लेख छ ।
यस्तै ५ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय ३ लाख अर्थात २४ सय अमेरिकी डलर पुर्याउने घोषणापत्रमा उल्लेख छ ।
Comment