नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगित



काठमाडौ । नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगित भएको छ । बोर्डले एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट अल्पकालीन आन्तरिम आदेश जारी भएकाले आवेदन लिने लगायतका थप काम कारवाहिहरु अर्को निर्णय नहुँदासम्म रोक्ने निर्णय गरेको हो ।

बोर्डले गत असोज २ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो । बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सोहीअनुसार धितोपत्र बोर्डले लाइसेन्स प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । नयाँ ब्रोकरको लागि ४५ कम्पनीले आवेदन दिएका छन् । यसमा आवेदन दिने समय पनि सकिएको छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलवार १२:५९