एकीकृत समाजवादीको घोषणापत्रः ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एकीकृत समाजवादीको घोषणापत्रः ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’



काठमाडाै । एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै गाउँ सहरमा सहकारीःघरघरमा रोजगारीको अवधारणा लिएको छ । सहकारीलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्न नेपालका सबै परिवारहरूलाई सहकारी संस्थामा आबद्ध हुन प्रोत्साहित गर्ने र सहकारी संस्थाहरूको क्षमता विकासमा राज्यले सहयोग गर्ने वातावरण बनाई ‘गाउँ सहरमा सहकारी, घरघरमा रोजगारी’ को अवस्था सिर्जना गरिने उसको घोषणापत्रमा उलेख्य छ । त्यसैगरी सबै साना उत्पादकहरूलाई सहकारी संस्थामा आबद्ध हुन टेवा पु¥याइने भएको छ ।

सहकारीमा आबद्ध जनतालाई प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्न र बेरोजगार व्यक्तिहरूलाई उत्पादनमूलक सहकारीमा आबद्ध भई स्वरोजगारव्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गरिने जनाएको छ । ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ अभियान अनुसार प्रत्येक गाउँ टोलमा विभिन्न विषयका सहकारी निर्माण गर्न,ती सहकारीको प्रवद्र्धनमा सरकारबाट सहयोग पु¥याउन र घरघरमा रोजगारीका अवसर वृद्धि गर्न तथा सबै सहकारीलाई बिमा व्यवस्थामा आबद्ध गर्न पहल गरिने एकीकृत समाजवादीको घोषणापत्रमा भनिएको छ । राजनीतिक पार्टीका कार्यकर्ता र विभिन्न जनवर्गीय सङ्गठनहरूमा आबद्ध व्यक्तिहरूलाई उत्पादन सहकारीमा संलग्न भई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न र आफैंलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गरिने समेत जनाइएको छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १५:२१