चण्डेश्वरी महादेवखोला माइक्रो हाइड्रोको ५ हजार कित्ता शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चण्डेश्वरी महादेवखोला माइक्रो हाइड्रोको ५ हजार कित्ता शेयर विक्रीमा



काठमाडौं । चण्डेश्वरी महादेवखोला माइक्रो हाइड्रो कम्पनी प्रा.लि.को ५ हजार कित्ता शेयर विक्रीमा आएको छ । कम्पनीले रामेछाप जिल्लामा निर्माण भइरहेको ८ दशमलव ५२ मेगावाट क्षमताको चुलुपे खोला जलविद्युत् आयोजनको लागि थप पूँजी जुटाउन मौज्दातमा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरले ५ लाख बराबरको ५ हजार कित्ता शेयर खरीदका शेयरधनी तथा इच्छुक नवप्रवेशी शेयर खरीदकर्तालाई आगामी ४५ दिनभित्र आवेदन दिन सूचनामार्फत आग्रह गरेको छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १३:३३