तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट



काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले महान् चाड दीपावली लाई दृष्टिगत गर्दै ‘विजबजार भव्य उत्सवू नामक योजना सञ्चालनमा ल्याएको छ।चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् ।

सो योजनामा झिलिमिली तिहारका बत्तीहरूमा ६५ प्रतिशत छुट,दाजुभाईको गिफ्टमा, ४० प्रतिशत, दिदीबहिनीका लागि ४५ प्रतिशत, मिठाईका परिकारमा १० प्रतिशत पुजाका सामाग्रीमा १५ प्रतिशत र अन्य सामाग्रीमा ७६ प्रतिशत, फेसनका सामानहरूमा ५० प्रतिशत, कपडाका सामानहरूमा ७६ प्रतिशत र विभिन्न चाडबाडका सामग्रीहरूमा छुटको अफर रहेको छ ।

यस योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पियन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘विजबजार सपिङ एप’ डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै वेवसाइटबाट पनि यो सेवा लिन सकिने जनाएको छ ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १४:३४