काठमाडौं । सरकारले तिहारमा प्लास्टिकका फूल र यसका माला बेच्न निषेध गरेको छ । वातावरण विभागले बिहीबार एक सूचना जारी गर्दै तिहारमा प्लास्टिकका फूल र माला बेच्न पुर्ण रुपमा प्रतिवन्ध लगाएको हो ।
यस्ता सामग्री बेचेको पाइएमा सरकारले त्यस्ता विक्रेतालाई १ लाख रुपैयाँसम्म जरिवानाका साथै कारवाही गरिने सूचनामा उल्लेख छ ।
Comment