कम्पनीको सुधार र व्यवसाय विकासका लागि रेटिङ आवश्यक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कम्पनीको सुधार र व्यवसाय विकासका लागि रेटिङ आवश्यक



काठमाडाैं । कम्पनीहरुको सुधार गर्न र व्यवसाय विकासका लागि क्रेडिट रेटिङ आवश्यक रहेको सरोकारवलाहरुले बताएका छन् । मंगलबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको विश्व लगानीकर्ता सप्ताहा समारोहमा क्रेडिट मूल्याङ्कन सेवाको बारेमा जानकारी दिँदै इन्फोमेरिक्स रेटिङ क्रेडिट रेटिङ नेपालकी सिनियर एनालिस्ट ग्रीष्मा ढुंगानाले कम्पनीको रेटिङ जति धेरै भयो त्यति नै धेरै विश्वास बढ्ने बताइन् ।

युनाइटेट स्टेट बाट सुरु भएको ग्लोबल रेटिङको इतिहास बताउदै अहिलेको अवस्थामा आईपुग्दा रेटिङ एकदमै महत्वपुर्ण रहेको बताईन् । उनका अनुसार ,–’कुनै ऋणीले लिएको क्षमताको आधारमा रेटिङ गर्ने गरिन्छ, कम्पनीको काम गर्ने क्षमता र क्यास फ्लोको आधारमा रेटिङमा असर पर्ने गर्दछ ।’

उनले २००७ देखि २००९ मा रेटिङ प्रक्रिया आएको बताउदै रेटिङ राम्रो भए सबै क्षेत्रले रिक्स मोलेर अगाडी बढ्न सकिने र कम्पनीको रेटिङ राम्रो भयो भने लगानी गर्ने चान्स बढ्ने बताईन् । त्यसैगरी उनले अहिलेको सन्दर्भमा ७६ भन्दा धेरै ग्लोबल रेटिङ एजेन्सिहरु रहेको बताईन् । साथै, राम्रो क्रेडिट रेटिङ ‘त्रिपल ए’ लाई राम्रो मानिने समेत बताईन् ।


कार्यक्रममा इक्रा रेटिङका डिभिजन प्रमुख शैलेश सुवेदीले क्रेडिट रेटिङले लगानीकर्तालाई जोखिम–प्रतिफल प्राथमिकताको आधारमा जानकारी सहित लगानी निर्णय लिनको लागि अत्यावश्यक जानकारी प्रदान गर्ने बताए । उनले यस क्षेत्रमा लामो समयका लागि सोचेर काम गर्नका लागि नितिगत तहमा धेरै चुनौतिहरु रहेको बताए । सुवेदीले रेटिङकाे बजार बढेपनि यसकाे लागि दक्ष जनशक्ति नभएकाे र भएकालाई पनि राम्राे सेवा नभएकाे गुनासाे गरे । ४ सय ग्राहकलाई नेपालमा मात्र ३ वटा कम्पनीले रेटिङ सुविधा दिइरहेकाे बताए ।


क्रेडिट रेटिङको प्रक्रिया संकेत तथा आवश्यकताको बारेमा केयर रेटिङ कम्पनिका लिड एनेलिष्ट सन्तोष पुडासैनीले रेटिङ कम्पनी लगाएत सबै क्षेत्रमा हुने र बाहिरको सन्दर्भमा देशको समेत रेटिङ हुने बताए । रेडिट रेटिङले एक सय बर्षको इतिहास बोकेको बताए । नेपालमा रेटिङका लागि प्रक्रिया ३० दिनसम्मको समयसीमा दिएको हुने भन्दै नेपालको मार्केटको सन्दर्भमा थोरैमात्र जानकार रहेको बताए ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलवार १६:३६