सेयर बजार स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार स्थिर



काठमाडौं । सेयर बजार स्थिर भएको छ । निकै उतार चढाबका बिच पनि बुधबार बजार स्थिर बनेको हो । बुधबार नेप्से परिसूचक ०.२१ अंक घटेर १९६०.६० विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०९ अंक बढेको छ।

बजार स्थिर हुँदा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर दुई अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँको सेयर किनबेच भएको छ । इन्फिनिटी लघुवित्तको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, कारोबारमा आएको कुमारी सबल योजनाको इकाई आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज फस्ट माइक्रोफाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १० करोड ६० लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार १५:४२