नेप्से परिसूचक ९.६९ अंकले घट्यो, ८० करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्से परिसूचक ९.६९ अंकले घट्यो, ८० करोडको कारोबार



काठमाडौं । आइतबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । आज नेप्से ९.६९ अंकले घटेर एक हजार ८ सय ६० दशमलब ९४ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंक घटेको छ।

नेप्सेमा आज ८० करोड ३५ लाख २५ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२१ कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ८ करोड ४७ लाख ५९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३० आश्विन २०७९, आईतवार १५:४६