काठमाडौं । सुनको मुल्य आइतबार प्रतितोला १००० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलामा १००० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मुल्य तोलाको ९४ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, चाँदीको मुल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला ११ सय ८५ रुपैयाँ रहेको थियो ।
Comment