के हो ‘आस्वा’ ? यस्ता छन् फाईदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

के हो ‘आस्वा’ ? यस्ता छन् फाईदा



एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट’ लाई नै छोटो रुपमा एएसबिए अर्थात आस्वा भनिएको हो। जति रकमको सेयर आवेदन दिइएको छ, त्यति रकम आवेदकको खातामै ‘ब्लक’ गर्ने र बाँडफाँडपछि जति रकमको सेयर पर्छ, त्यति रकम मात्रै कटौती भई बाँकी खातामै फुकुवा हुने प्रणाली नै आस्वा हो।

यो प्रणाली लागू भएपछि लगानीकर्ताको रकम भुक्तानी सेयर बाँडफाँड टुङ्गिएपछि मात्रै हुनेछ। अर्थात आवेदनका साथमा रकम बुझाउनु पर्दैन। आवेदनमा माग गरिएको सेयरवापतको रकम भने लगानीकर्ताको बैंक खातामा हुनुपर्नेछ। निश्चित रकम ब्लक गर्नका लागि तोकिएको ढाँचामा आवेदकले बैंकमा फारम भर्नुपर्ने हुन्छ।

बैंकबाट सो रकम ब्लक गरिएको प्रमाण भने सेयर आवेदनका साथमा बुझाउनुपर्ने छ। आस्वा लागू भएपछि सेयरमा नपरेको रकम फिर्ता लिन पनि लाइन बस्नु पर्दैन।
सार्वजनिक निष्काशन सम्वन्धमा विद्यमान प्रणाली अव्यवहारिक हुँदा निश्कासन प्रक्रिया टुङ्गिन लामो समय अर्थात ७० दिनसम्म लाग्ने गरेको छ। आस्वा प्रणालीपछि २० दिनमै निश्कासन प्रक्रिया टुङ्गिने बोर्डको बिश्वास छ।

हालको प्रणाली झन्झटिलो रहेको, लागत उच्च हुने गरेको, लगानीकर्ताहरुले आफ्नो लगानी रकममा पूरा प्रतिफल प्राप्त नगरिरहेको, संकलित रकमका कारण बैंकिङ्ग प्रणालीको तरलतामा उतार चढाव आउने गरेको र धितोपत्रको सूचिकरण गर्न समेत लामो समय लाग्ने गरेको जस्ता समस्याहरु देखिने गरेको छ।

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०८:१५