नेप्सेमा ४.१५ अंकले बृद्धि, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा ४.१५ अंकले बृद्धि, कारोबार रकममा पनि सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाचौं दिन आज बिहीबार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से ४.१५ अंकले बढेर एक हजार ८ सय ७० दशमलब ६४ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ०.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक बढेको छ।

त्यस्तै, आज शेयर बजार बढेसंगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका २२२ कम्पनीमध्ये ९५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तिय संस्थाको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४.४५ प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ३ करोड ४० लाख ३५ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार १६:११