शुक्रपथ बहुउद्देश्यीय सहकारीको साधारणसभा असोज २८ गते,यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शुक्रपथ बहुउद्देश्यीय सहकारीको साधारणसभा असोज २८ गते,यस्ता छन् एजेन्डा



काठमाडाैं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले एकीकरणसहितका प्रस्ताव सहित १२ औं वार्षिक साधारणसभा आगामी शुक्रबार अर्थात आसोज २८ गतेका लागि बोलाएको छ । सभा काठमाडौं कालिमाटीस्थित कालिमाटी ब्यांकेटमा साधारणसभा हुने छ ।

साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गर्नुका साथै आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने, लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण लाभांस तथा कोष बाडँफाड, विनियम संसोधन तथा रिक्त संचालकको पदपूर्तिलगायतका एजेण्डा तय गरेको छ । यस्तै साधारणसभामा संस्थाको नाममा रहेको जग्गा बिक्री, घरजग्गा खरिद गर्ने प्रस्ताव सभामा प्रस्तुत हुने संस्थाको सूचनामा उल्लेख छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १२:५०