निफ्राले लाभांस दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राले लाभांस दिने घोषणा



काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले शेयरधनीहरुलाई लाभांश दिने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यसअनुसार बैंकले ९० करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश शेयर धनीलाई वितरण गर्ने छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने निफ्राले जनाएको छ।

प्रकाशित : 23 September, 2022 12:03 pm