गौरीघाटमा बीवाइडीको सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

गौरीघाटमा बीवाइडीको सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन



काठमाडौं ।काठमाडौंको गौरीघाटमा बीवाइडीले नयाँ सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन संचालनमा ल्याएको छ ।

उक्त सेन्टरको आइतबार नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमा बोल्दै निर्देशक घिसिङले ‘अबको युग विद्युतीय सवारीसाधनको भएको र त्यसमा सरकार र सरोकारवाला निकाय प्रतिवद्ध भएर काम गरिरहेका बताएका छन् ।

बीवाइडीले आफ्नो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकोमा बधाई दिदै घिसिङले देशभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको कारण यस्ता सुविधा सम्पन्न सर्भिस सेन्टर थप निर्माण गर्नु पर्ने बताएका छन् ।


त्यसको लागी प्रधिकरणले पनि केही सहुलियत गर्ने समेत उनले बताएका छन् । साथै उनले ५ रुपैयाँमा किनेको विजुली १५ रुपैयाँ विक्री नगर्न आग्रह समेत गरेका छन् । उनले प्राधिकरणले प्रतियूनिट ५ रुपैयाँमा उपलब्ध गराएको विजुली १५र२० रुपैयाँमा बेच्नु भएन भन्दै उक्त कुरा बताएका हुन् ।

अहिले देशभर संचालनमा रहेका चार्जिङ स्टेशनमा १५ रुपैयाँदेखि २० रुपैयाँ प्रतियूनिट विजुलीको मूल्य लगाइएको कारण उपभोक्ताको गुनासो बढ्दै गएको उनको भनाई थियो ।

कार्यक्रममा बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ डिलर नेटवर्क विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन् ।

काठमाडौंको गौरीघाटमा करिब २७ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टरमा अहिले ६ वटा वे राखिएको छ । पछि आवश्यकता अनुसार ४ वटा वे थप्न मिल्नेगरी यो सर्भिस सेन्टर बनेको छ ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १८:४८