सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु, ग्राहकलाई यस्ता छन् छुट सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु, ग्राहकलाई यस्ता छन् छुट सुविधा



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैँतिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँबराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै शोरुममा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन्।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेल बिक्री वितरण गर्दै आएको छ। यो योजना सीमित अवधिका लागिमात्र जारी गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १७:४२