काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३३.९७ अंकले घटेर एक हजार ८ सय ७६ दशमलब ४१ विन्दुमा बन्द भएका हो । आज सेन्सेटिभ इण्डेक्स ६.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।
त्यस्तै, आज काराेबार रकममा भने गत साताकाे तुलनामा बृद्धि भएकाे छ । आज एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताकाे शुक्रबार ९० करोड ८१ लाखको कारोबार भएको थियो ।
आइतबार कारोबार भएका २२९ कम्पनीमध्ये ८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८० कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ३८ लाख ४४ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment