साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडौं । साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । दुई लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएपछि आइतबारदेखि नेप्सेमा सेयर कारोबार रोक्का भएको हो ।

साना किसान र आरएमडीसीले भदौ ३१ गते शुक्रबार एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता गरेका थिए । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि ८७ कित्ता अर्थात, १००ः८७ कायम हुने गरी स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।

मर्जरपछि एकीकृत लघुवित्तको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १३:०५