इसुजुको दशैं अफर, २० प्रतिशत डाउनपेमेन्टमै गाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

इसुजुको दशैं अफर, २० प्रतिशत डाउनपेमेन्टमै गाडी



काठमाडाैं । इसुजु गाडीले नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै नयाँ अफर ल्याएको छ । इसुजु गाडीको नेपालका लागि आधिकारिक वितरक टाइम्स मोटर्सले ‘धेरै फाईनान्स धेरै अफर’नामकरण गर्दै उक्त स्किम सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत ग्राहकले इसुजुको गाडी खरिद गर्दा २० प्रतिशत डाउनपेमेन्टमै गाडी घर लैजान सक्दछन् । बाँकी ८० प्रतिशत रकम भने ग्राहकले मासिक रुपमा सुपद ब्याजदरमा कम्पनीलाई भुक्तानी गर्नुपर्ने छ । यसको लागि कम्पनीले विभिन्न वित्तिय संस्थाहरुसँग सहकार्य गरेको छ ।

साथै, ग्राहकले सोझै गाडी खरिद गर्ने ग्राहकलाई विशेष छुटका साथ आकार्षक प्रदान गर्नेछ । ग्राहकले गाडी खरिद गर्दा १ लाख ५० हजारसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ ।

दशैं, तिहार र छठ नजिकिएसँगै अटो कम्पनीहरु धमाधम अफर सार्वजनिक गरिरहेका छन् ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १२:५३