ई-सिम भनेको के हो , कसरी काम गर्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ई-सिम भनेको के हो , कसरी काम गर्छ ?



काठमाडाैं । ई-सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डहरुको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनहरुलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इसिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।

ई-सिम प्रयोग गर्नका लागि त्यस्तै उपयुक्त डिभाईस चहिने गर्दछ र ई-सिम प्रदान गर्ने क्यारियर चहिन्छ । अमेरिकामा एटी एण्ड टी र टि मोबाईल, बेलायतमा इइ र विश्वव्यापी रुपमा १२० अरु कम्पनीहरुले ई-सिम प्रदान गर्ने गर्दछन् ।

ई–सिमलाई अहिले आईफोन १२, १३, पिक्सेल ५, सामसङ ग्यालेक्सी एस २१ स्मार्टफोनहरुमा डुअल सिमको फिचर ल्याउनका लागि प्रयोग गर्ने गरिन्छ । केही समयपछि सबै फोन र ट्याबलेट ईसिममनै परिवर्तन हुने देखिन्छ ।

पछिल्लो समयमा ई-सिमको चर्चा निकै चलिरहेको छ । विश्वका केही देशमा ई-सिमको प्रयोग सुरु भइसकेको छ । एप्पलले त ई-सिमलाई लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारी पनि गरिरहेको छ ।

नेपालमा पनि नेपाल टेलिकमले ई-सिमकार्ड सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेका चिपजडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई-सिम उपलब्ध गराउने तयारी गरेकाे छ ।

यसका लागि टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई-सिमको प्लेटफर्म’ राख्ने योजनासहित बजेट निर्धारण गरेको छ । जसमा चालू आवभित्र ई-सिम सहित कूल ८० लाख सिम भित्र्याउने कम्पनीको तयारी छ । त्यसमध्ये यो वर्ष एकदेखि डेढ लाखसम्म ई-सिम ल्याउने योजनामा कम्पनी छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १२:३५