नेपाल टेलिकमले आजदेखि इ–सिम वितरण गर्दै, क- कसले पाउँछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल टेलिकमले आजदेखि इ–सिम वितरण गर्दै, क- कसले पाउँछन् ?



काठमाडौं । नेपाल टेलिकमले आज शुक्रबारदेखि इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले आजदेखि दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क इ–सिम वितरण सुरुगरेको हो ।

इ–सिम चल्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सकिने जनाएको छ । कम्पनीका अनुसार हाल फिजिकल सिमकार्ड प्रयोग गरिरहेका पोस्टपेड र प्रिपेड नम्बरका सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिनेछ ।

त्यसैगरी नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम दिइने छ । नयाँ प्रिपेड नम्बरका लिने ग्राहकलाई भने निकट भविश्यमा यो सुविधा उपलब्ध हुनेछ ।

इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १२:२२