शेयर बजारमा दाेहाेराे अंकको गिरावट, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शेयर बजारमा दाेहाेराे अंकको गिरावट, कारोबार रकममा भने सुधार



काठमाडौं । साताको पाचौँ कारोबारको दिन आज बिहीबार नेपालको पुँजीबजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक आज ५७ अंकले घटेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ११.२३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९३ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१२ अंक घटेको छ।

त्यस्तै, आज नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकममा भने उच्च बृद्धि भएको छ । बिहीबार २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेप्सेमा कारोबार भएका २३२ कम्पनीहरुमध्ये २ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये नेप्सेमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।जसमा सिटिजन्स म्युअल फण्ड २ को शेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्। यस कम्पनीको शेयरमुल्य आज ८ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाख ३३ हजार भन्दा बढीको कारोबार भएको छ

प्रकाशित : 15 September, 2022 3:32 pm