नयाँ ब्रोकर लाइसेन्स बाड्न पाउने बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ ब्रोकर लाइसेन्स बाड्न पाउने बाटो खुल्यो



काठमाडौं । धितोपत्र बोर्डले एक साताको अवधिमा तत्काल ब्रोकर लाइसेन्स बाँड्न पाउने गरि ब्रोकर समबन्धि नियमावलीमा पाचौ संशोधन गराएको छ। मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी)(पाचौ संशोधन) नियमावली, २०७९ धितोपत्र बोर्डले सार्वजनिक गरेको हो ।

संशोधित नियमावलीमा, नियमावली प्रारम्भ भएपछि पहिलो पटक धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र जारी भएपछिको प्रत्येक तीन बर्षमा बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्ने उल्लेख छ । अर्थात् तत्काल ब्रोकर लाईसेन्स बितरण गर्ने र ३ वर्षपछि फेरी ब्रोकर लाईसेन्स वितरण गर्ने बाटो बोर्डलाई खुलेको छ ।

अब धितोपत्र बोर्डको मापदण्ड र योग्यता पुगेका नयाँले सहजै लाइसेन्स पाउनेछन् । ब्रोकर लाईसेन्सको लागि ३० दिनको अवधि राखेर सूचना प्रकाशन गर्ने र ३५ दिन भित्र बोर्डले लाईसेन्स दिई सक्ने ब्यबस्था गरिएको छ ।

त्यस्तै नियमावलीमा तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गर्दै न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँ पुर्‍याईएको छ। नियमावली अनुसार अब ब्रोकरको ३ तह रहने छ । जसमा सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर रहेका छन्।

जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र स्टक डिलरको चिक्त पुँजी डेढ अर्ब तोकिएको छ । यद्दपि यसका लागि हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई निर्धारित पुँजीको सिलिङ पुर्याउन २०८२ सालसम्मको समय पनि दिईएको छ। ली लागू भएपछि नयाँ लाइसेन्स खुलाइने र त्यसपछि भने ३ वर्षपछि मात्र खुला हुने यसमा व्यवस्था गरिएको छ ।

प्रकाशित : 15 September, 2022 12:04 pm