काठमाडौ । नेकपा ( एकीकृत समाजवादी ) को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बिहीबार काठमाण्डौमा भएको घोषणा कार्यक्रम नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।
नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया रहनुु भएको छ ।
कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भयो ।
Comment