बीमालेखको विवरण ७ दिन भित्र पेश गर्न जीवन बीमालाई समितिको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमालेखको विवरण ७ दिन भित्र पेश गर्न जीवन बीमालाई समितिको निर्देशन



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएको जनाएको छ ।

कम्पनीहरुले हालसम्ममा पनि तोकिए बमोजिमको विवरण नपठाएकाले समितिले ७ दिनभित्रमा सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो ।

समितिद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा १६ मा बीमा कम्पनीले स्वीकृत बीमालेख सम्बन्धी वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र समितिमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार १६:२१