नेप्से परिसूचक ४७.४४ अंकले बृद्धि, कारोबार रकम पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ४७.४४ अंकले बृद्धि, कारोबार रकम पनि बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोरो अंकले बढेको छ । आज नेप्से ४७.४४ अंकले बढेर एक हजार ९ सय ८१ दशमलब ४८ विन्दुमा बन्द भएको छ । आज सेन्सेटिभ इण्डेक्स ९.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६१अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२० अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको थियो ।

आज कारोबार भएका २२७ कम्पनीहरुमध्ये १८६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा ग्रिन डेभलपमेन्ट बैंकको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ६ करोड ५१ लाख ६९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 14 September, 2022 3:34 pm