नेप्से परिसूचक २१.३० अंकले बृद्धि, एक कम्पनिको सकारात्मक सर्किट लेबलमा कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक २१.३० अंकले बृद्धि, एक कम्पनिको सकारात्मक सर्किट लेबलमा कारोबार



काठमाडौं । धेरै दिन पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से २१.३० अंकले बढेर एक हजार ९ सय ३४ दशमलब ०५ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७१अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकम पनि उकालो लागेको छ । नेप्सेमा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेप्सेमा कारोबार भएका २३१ कम्पनीहरुमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये आज नेप्सेमा एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१३६ रुपैंयामा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल बैंकको डिभेञ्चरको लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्। यी कम्पनीको शेयरमुल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ५ करोड ९४ लाख ८९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 13 September, 2022 3:26 pm