सानिमा इक्विटी फन्डको लाभांस घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सानिमा इक्विटी फन्डको लाभांस घोषणा



काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार सेयरधनीलाई कुल २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। यो योजनाको आकार १ अर्ब ३० रुपैयाँ बराबरको छ।

यस योजनाको प्रतिफल वितरणार्थ बुक क्लोजसम्बन्धी जानकारी भने पछि सूचना प्रकाशित गराइने क्यापिटलले जनाएको छ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार ११:५६