काठमाडाैं । सगरमाथा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ ।
यस्तै, माईखोला हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १९ लाख २१ हजार ५६८ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री पनि प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ ।
Comment