राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बीमा

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बराललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले खुला प्रतिपष्र्धाबाट सीईओको माग गर्दा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङ भएका थिए । तीन जनामध्ये कम्पनी सञ्चालक समितिले बराललाई सीईओ नियुक्त गरेको हो ।

बरालसँग बैंक वित्तीय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स तथा युनाईटेड इन्स्योरेन्समा काम गरिसकेका छन् ।

प्रकाशित : २३ भदौ २०७९, बिहिबार १३:३६ 8 September, 2022 1:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।