आइएमई लाइफको एभरेष्ट टोली भोटेकोशीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

आइएमई लाइफको एभरेष्ट टोली भोटेकोशीमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एभरेष्ट टिमले दुई दिने व्यवसायिक भ्रमण गरेका छन् । आइएमई लाइफ एभरेष्ट टिमका लिडर तथा बिजनेस एक्सलेन्स अवार्ड २०२२ का बिजेता गोविन्द जोशी र रामकुमार बिसुन्केको अगुवाईमा टिमले भोटेकोशी सिन्धुपाल्चोक सुकुटेबिचमा दुई दिने व्यवसायिक भ्रमण सम्पन्न गरेको हो ।

भ्रमणका क्रममा एभरेष्ट टिमले असार महिनामा ल्याएको स्किट टार्गेट पुरा गर्ने पहिलो दोस्रो र तेस्रोलाई अवार्ड समेत प्रदान गरेको थियो । भदौ १८ गते र १९ गते भएको उक्त समारोहमा कम्पनीका सिइओ कवि फुयाँलको समेत उपस्थिति रहेको थियो ।

साथै आरएम चन्द्र प्रदिप भट्टराई, एबिएम सुनिल अधिकारी, एबिएम, सनत सत्याल, एबिएम दिनेश अधिकारी, एबिएम शुसिला खतिवडा, बिएम संजय दाहाल बिएम प्रियंका देवकोटा, बिजनेस एक्सलेन्स अवार्ड २०२२ का बिजेता तथा कार्यक्रमका आयोजक गोविन्द जोशी, रामकुमार बिसुन्केसहित नेपालभरीका एभरेष्ट टिमका ६० जना एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २१ भदौ २०७९, मंगलबार १३:४७ 6 September, 2022 1:47 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।