काठमाडौं । नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूह गठनको निम्ति दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै दुई जना व्यबस्थापन समिति सदस्यको दरखास्त माग गरेको हो ।
उक्त व्यवस्थापन समितिका लागि एक जना संयोजक र एक जना सदस्य पदका लागि दरखास्त आह्वान गरिएको छ ।
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक, काठमाडौंको मूल्याङ्कन लेखापरीक्षण प्रतिवेदन र सो प्रतिवेदन बमोजिम समायोजन सहित प्रस्तुत गरिएको २०६८ बैशाख महिनाको वित्तीय विवरणको आधारमा संस्थालाई संकटग्रस्त घोषणा गरिएको थियो ।






Comment