बाबियाखर्क साकोसको तीज विशेष वित्तीय साक्षरता तथा दर कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बाबियाखर्क साकोसको तीज विशेष वित्तीय साक्षरता तथा दर कार्यक्रम



काठमाडाै । बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले गत शनिबार तीज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि तीज विशेष वित्तीय साक्षरता तथा दर कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले सदस्यहरूलाई बचत गर्ने बानीको विकास गराई आर्थिक रूपमा स्वावलम्बी हुन वित्तीय साक्षरता कार्यक्रमले सिकाउने बताए । आर्थिक वर्ष २०७९।८० मा सदस्यमुखी कार्यक्रमहरु गरी सदस्यहरुसंग बाबियाखर्क साकोसले प्रत्यक्ष भेटघाट गरी संस्थाप्रति सदस्यहरुको प्रभाव सकारात्मक बनाउने र सहकारी संस्थाहरुले सदस्यहरुसंग सामिप्यतामा रहिरहनपर्ने रहेको बताए ।

संस्थाकी संचालक सदस्य एवं महिला उपसमितिकी संयोजक श्रीभा न्यौपानेको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संचालक समिति, उपसमितिका साथै सदस्यहरु गरी करिब २ सय जनाको सहभागीता रहेको थियो ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलवार १३:३४