कुमारी साकोसको साधारणसभा असोज ८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

कुमारी साकोसको साधारणसभा असोज ८ गते

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

कुमारी सेभिङ्ग एण्ड क्रेडिट को– अपरेटिभको १९ औं वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि साउन २९ गते आइतवारका दिन बसेको संचालक समितिको बैठकले संस्थाको १९ औं बार्षिक साधारण सभा एस.आर.क्याटरिङ, धुम्बाराही काठमाण्डौंमा बिहान ११ गर्ने निणर्य गरेको जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट आ.ब. २०७८/०७९ को अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल गर्ने त्यसैगरी सोही आवको लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने जनाएको छ ।

त्यसैगरी सभामा संस्थाको चालू आ.ब. २०७९/०८० को नीति, कार्यक्रम, बजेट माथि छलफल गरी पारित गर्ने, संस्थाको विनियम –२०५७ संशोधन गर्ने तथा कार्यक्षेत्र बिस्तार गर्ने, सदस्य सेवा केन्द्र थप गर्ने विषयमा छलफल गरिने जनाइएको छ । सभामा संस्था एकिकरण (मर्जर) त्यसैगरी सेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने, कर्मचारी बोनस वितरण गर्ने लगायतका विषयमा छलफल हुने संस्थाले जनाएको छ ।

प्रकाशित : १४ भदौ २०७९, मंगलबार १२:४१ 30 August, 2022 12:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।