धितोपत्र बोर्डले सि-आश्वा शुल्क ९५ प्रतिशतले घटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डले सि-आश्वा शुल्क ९५ प्रतिशतले घटायो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सि–आश्वा शुल्क ९५ प्रतिशतले घटाउने निर्णय गरेको छ । शुल्क एकसय रुपैंयाँबाट घटाएर पाँच रुपैंयाँ बनाउने भएको हो ।

बोर्डका अध्यक्ष रमेश कुमार हमालले सि-आश्वा शुल्क घटाउने सम्बन्धी प्रस्ताव सञ्चालक समिति बैठकबाट पारित भइ निर्णय भइसकेको जानकारी दिए ।

हमालका अनुसार सञ्चालक समितिमा पुगेको प्रस्ताव आइतबार साँझ पारित गरी निर्णय भइसकेकाले सि–आश्वा शुल्क ९५ प्रतिशतले घटाइएको हो ।

अहिले सि आश्वा शुल्क शुन्यदेखि एक सय रुपैयाँसम्म लिन पाउने व्यवस्था छ, सञ्चालक समितिमा पेश भएको प्रस्तावमा त्यस्तो शुल्क अधितम पाँच रुपैयाँ मात्रै तोकिएको छ । जसमध्ये बैंक तथा वित्तिय संस्थाहरुले लिने शुल्कबाट एक रुपैंयाँ सिडीएससी, एक रुपैंयाँ प्रबन्ध कम्पनीलाई जान्छ । बाँकी रकम भने बैंक आफैंले राख्छ ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार ११:५५