असोज ६ गतेदेखि हुने नाडा इभी एक्स्पोको स्टल बुकिङ खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

असोज ६ गतेदेखि हुने नाडा इभी एक्स्पोको स्टल बुकिङ खुल्ला



काठमाडौं। आगामी असोज ६ गतेदेखि ९ गतेसम्म हुने पहिलो नाडा इभी एक्स्पोको लागि स्टल बुकिङ खुला गरिएको छ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल नाडाले असोज ६ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनी हलमा हुन लागेको इभी एक्स्पोका लागि बुधबार स्टल बुकिङ खुला गरिएको जनाएको छ।

एक्सपोका लागि इच्छुक व्यवसायीहरुले भदौं ५ गतेसम्म स्टल बुकिङ गर्नसक्ने नाडाले जनाएको छ।

यो एक्सपो नेपालमै पहिलो पटक हुन लागेको हो। इभी एक्स्पो समितिका सभापति अनुप बरालले विद्युतीय सवारी प्रवर्द्धनका लागि मेला आयोजना गर्न लागिएको बताए।

प्रकाशित : 17 August, 2022 9:40 pm