सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी पक्राउ



काठमाडौं । काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।सहकारीका पूर्व अध्यक्ष इच्छाराजकी पत्नी सिर्जना शाक्यलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

सहकारीमा डिपोजीट गरेको ५ अर्ब ८४ करोड ४० लाख ठगी गरेको कसुरमा पूर्व अध्यक्ष तामाङ र केवलाल श्रेष्ठ पुर्पक्षको लागी कारागारमा थुनामा छन् । २०७८ मंसिर १७ मा ब्यूरोले संगठित रुपमा ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

सिर्जना शाक्यको नाममा काठमाडौं जिल्ला अदालतले २०७८ पुस २७ गते पक्राउ पुर्जी जारी गरेपछि उनि फरार थिइन् । साउन ३ मा उनलाई रामशाहपथबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार १५:३४