सात वटा ट्राभल एजेन्सीलाई अन्तराष्ट्रिय हवाई टिकट बिक्रीको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सात वटा ट्राभल एजेन्सीलाई अन्तराष्ट्रिय हवाई टिकट बिक्रीको अनुमति



काठमाडाैं । नेपाल राष्ट्र बैंकले सात वटा ट्राभल एजेन्सीलाई अन्तराष्ट्रिय हवाई टिकट बिक्रीको अनुमति दिएको छ। राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै ती ट्राभल एजेन्सी कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता र ट्राभल एजेन्सीहरुको मौजुदा सुचीमा स्वीकृत भएको जनाएको छ

राष्ट्र बैंकले गत असार १३ गते सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन आग्रह गरेको थियो । सोही अनुसार आवेदन परेकामध्ये रीत पुगेका ७ कम्पनीलाई टिकट बिक्रीका लागि स्वीकृत पाएका हुन् । टिकट बिक्रीको स्वीकृति पाउने ट्राभल एजेन्सीहरुमा सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रेजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुची ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर रहेका छन ।

। यी कम्पनीहरुलाई राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आर्थिक वर्ष २०७९/८० को लागि मौजुदा सूचीमा समावेश गरेको हो ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार १६:१३