हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन्। दुई कम्पनीले मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू भएको हो।

गत वैशाख २३ गते दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो। सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको हो। मर्जर पछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं रहेको छ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो। मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित : १ श्रावण २०७९, आईतवार १३:१७