नेपाल प्रहरीका ३६ जना डीएसपीको एसपीमा बढुवा गर्न सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल प्रहरीका ३६ जना डीएसपीको एसपीमा बढुवा गर्न सिफारिस



काठमाडौं । नेपाल प्रहरीका ३६ जना डीएसपीको एसपीमा बढुवा सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल रहेका छन् । त्यसैगरी सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन् ।

साथै हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु लगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।

प्रकाशित : २९ असार २०७९, बुधबार १६:१४